गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ

Gagan-Thapa
लोकपाटी न्यूज

काठमाडौं। कांग्रेस केन्द्रीय सदस्य गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताएका छन्। उनले १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।

फेसबुकमा थापाले लेखेका छन्, ‘१४९ सांसदको ७६(५) बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ।राजनीतिक लडाईसँगै १४९ जना सांसद आफूहरूको संवैधानिक हकका लागि अदालतमै उभिएर कानुनी लडाईं लड्न तयार रहनुपर्ने थापाको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्