चीनको जनसंख्या दशकौंमा सबभन्दा सुस्त दरमा बढेको मंगलवार जारी गरिएको जनगणना तथ्यांकले देखाएको छ। यसले संसारको दोस्रो ठूलो अर्थतन्त्रका लागि समस्या ल्याउन सक्छ। चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार, विगत एक दशकमा जनसंख्या ५.३८ प्रतिशतले बढेको छ। यसबीचमा ७ करोड २० मानिस बढेका छन्। अहिले १.४१ अर्बभन्दा बढी जनसंख्या छ।
यसैबीचमा ६५ वर्ष उमेरभन्दा माथिको जनसंख्या द्रुत गतिमा बढेको छ। सन् २०१० मा ८.८७ प्रतिशतको वृद्धि भएकोमा सन् २०२० मा १३.५ प्रतिशतको वृद्धि छ।चीनले गत नोभेम्बर महिना जनगणना शुरू गरेको थियो। कुल ७० लाख गणकहरूले महामारीको मध्यमा विशाल जनसंख्या गनेका हुन्। सरकारले जनसंख्या वृद्धिमा भएको कमीलाई रोक्न सरकारले प्रयास गरिरहेको छ। समाजमा वृद्धहरूको संख्या बढिरहँदा काम गर्न सक्ने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छैन।



लोकपाटी न्यूज

