संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्म विपरित : गगन थापा

Gagan-Thapa
लोकपाटी न्यूज

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक तथा संविधानको मर्म विपरित भएको बताएका छन्।विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्म विपरित भएको उनले बताएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’