आदरणीय कमरेड माधव नेपाल र भीम रावलमाथि कारबाही भनेको केपी ओली गुटको दिवा सपना मात्र हो। यो नेकपा एमालेको निर्णय होइन। केपि ओलिको यस कुराबाट के कुराको पुष्टि हुन्छ भने नेकपा एमाले कसले विभाजन गर्न खोजेको छ स्पष्ट भएको छ।
नेपालमा कम्युनिष्ट पार्टीको जनतमतलाई कसले विभक्त गर्दैछ भन्ने झनै थप प्रष्ट भएको छ। कागजी तानाशाह बन्नेहरुको बाटो ओरालो तिर नै हुनेछ।
१. माधव नेपाल जसले टुक्रा-टुक्रामा विभाजित एवं कमजोर अवस्थामा रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत एवं सफल बनाउने स्वप्न द्रष्टा एवं पहलकर्ता।
२.वर्तमानको एकिकृत एवं शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको लागि वि.स.२०३१ मा क्रान्तिकारी अपिल जारी गरी पहलकदमी लिने दुई प्रमुख नेता मध्ये एक नेता।
३.तात्कालिन समयको आफ्नो जिवनको कुनै प्रवाह नगरी सबै कुरा त्यागेर जनताको अधिकार र लोकतन्त्रको लागि जीवन समर्पण गरेको शाहसिक व्यक्तित्व।
४.वि.सं.२०३१ देखि अहिले सम्म अनेक आरोह अवरोह सहित मूल कम्यनिष्ट पार्टीको शीर्ष नेतृत्वमा विना दाग क्रियाशील।
५.पन्चायति कालरात्रीमा केही समय आफै र धेरै समय आफ्ना अधिकांश सहयात्रीहरू जेल पर्दा पनि निराश नबनी कम्युनिष्ट पार्टीलाई नेपालभर एवं समाजका विभिन्न वर्ग, तह र समुदायमा स्थापित गर्न क्रियाशील र सफल नेता।
६. पटकपटक गरी ३४ ओटा घटक र मोर्चाहरूलाई पार्टीमा एकिकृत गर्ने कुशल संयोजक ।
७.पटकपटक नेतृत्वको अवसर आउँदा पनि परिस्थितिको विश्लेषण गरी सहयोद्धाहरूलाई अगाडि सार्न सक्ने विशाल हृदय भएको व्यक्ति ।
८.नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक एवं जनप्रिय बनाउने योजनाकार, सिद्धान्त निर्माता तथा पहलकर्ता ।
९.२०४६ को प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वाममोर्चाको तर्फबाट अगुवाई गर्ने प्रमुख नेता ।
१०.२०४७ को प्रजातान्त्रिक संविधान निर्माणका अगुवा ।
११.जननेता मदन भण्डारीको रहस्यमय निधन पश्चात विक्षिप्त बनेको र दुनियाँका कतिपय शक्तिहरूले समाप्त भयो भनेको कम्युनिष्ट पार्टीलाई सम्हालेर नेतृत्व गर्दै २०५१ को निर्वाचनमा पहिलो पार्टी २०५४ को निर्वाचनमा स्थानीय निकायमा झण्डै दुई तिहाइ स्थानमा विजयी वनाउन सफल।
१२.२०५१ को लोकप्रिय एमाले सरकारको मुख्य डिजाइनर तथा नेतृत्वकर्ता ।
१३.२०५४ मा पार्टी विभाजन हुँदा पनि पार्टीलाई सम्हालेर प्रमुख पार्टीको रूपमा कायम राख्न सफल नेता र पछि पुनः एकिकरण गर्न सफल नेतृत्व ।
१४.दश वर्षे सशस्त्र द्वन्द्वको बेलामा पार्टी र कार्यकर्ताको क्षति सकेसम्म कम होस् भनि अनेकौं पहलकदमी लिने सक्रिय नेता ।
१५.झण्डै १७ हजारको ज्यान जाने गरी भएको सशस्त्र द्वन्द्वको अन्त्य गर्न तात्कालिन व्यवस्थाका अनेकौं अवरोध र चुनौतिहरूको सामना गर्दै कयौं वार्ता र सम्वादमार्फत् बाह्र बुँद्धे समझदारी हुँदै शान्ति प्रक्रियामा ल्याउने मुख्य सुत्राधार एवं अगुवा।
१६.२०६२-०६३ को लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनको पहिलो निर्णयकर्ता, पहलकर्ता तथा नायक ।
१७. विषम परिस्थितिमा भएको निर्वाचनमा पार्टीले अनपेक्षित हार ब्यहोरेपछि पार्टीलाई आन्तरिक द्वन्द्वबाट जोगाउन पराजयको नैतिक जिम्मेवारी लिंदै राजीनामा गर्ने उदाहरणीय नैतिकवान नेता।
१८.सुशासन र विकासका चिन्तक ।
१९.अपर तामाकोशी हाइड्रोपावर, काठमाडौं–तराई द्रुत मार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, मध्य पहाडी लोकमार्ग, व्यवस्थित शहर जस्ता दीर्घकालिन राष्ट्रिय विकास तथा लैंगिक हिंसा विरूद्धको अभियान, जनता आवास कार्यक्रम जस्ता अनेकौं कार्यक्रमका परिकल्पनाकार तथा आरम्भकर्ता ।
२०.विभिन्न २२ राजनीतिक दलहरूको कुशल संयोजन गरी कठिन परिस्थितिमा पनि २१ महिना सम्म सरकारको सफल सञ्चालन गर्नसक्ने संयोजनकारी नेता ।
२१.आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि काम गर्न केही असहज महशुस हुनासाथ प्रधानमन्त्री पद त्याग गर्न सक्ने त्यागि नेता ।
२२.स्वच्छ, नैतिकवान, इमान्दार, क्रियाशिल र भ्रष्ट्राचारमा सुन्य सहनशीलता भएको नेता ।
२३.पार्टीमा बिधि, पद्धती, कमिटीगत प्रणाली, ब्यक्तिगत जिम्मेवारी र सामुहिक नेतृत्वको पक्षपोषक ।
२४.वरिष्ठता र योग्यताको आधारमा जिम्मेवारी र कामको आधारमा व्यक्तिको मुल्याङ्कन गर्ने प्रणालीका पक्षपोषक।
२५.सिद्धान्तमा दृढ तर ब्यवहारमा लचकता भएको नेता।
२६.सन्तुलित परराष्ट्र नीति र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध।
२७. पदमा हुँदा वा नहुँदा उत्तिकै क्रियाशिल नेता ।
पराजुली नेकपा एमाले माधव नेपाल पक्षका अनेरास्ववियूका अध्यक्ष हुन्



लोकपाटी न्यूज

