पछिल्लाे २४ घन्टामा थप एक सय ४१ जनामा काेराेना संक्रमण

corona doctor
लोकपाटी न्यूज

काठमाडाैँ। पछिल्लो २४ घन्टामा देशभर थप एक सय ४१ जना नयाँ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार एक सय २२ जनाको कोरोना परीक्षण गर्दा एक सय ४१ जनामा संक्रमण देखिएको हो। योसँग संक्रमित संख्या दुई लाख ७६ हजार नौ सय ८० जना पुगेको छ।

उनीहरुमध्ये सक्रिय संक्रमित एक हजार तीन सय ४१ जना छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार २७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, गत २४ घन्टामा ८२ जना निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७२ हजार ६ सय १२ पुगेको छ। अहिले क्वारेन्टाइनमा रहनेको संख्या ५६ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्