पत्रकार महासंघद्वारा झण्डै २ करोड रुपियाँ संकलन

patrakar mahasang
लोकपाटी न्यूज

काठमाडौं। नेपाल पत्रकार महासंघको यही चैत २५ गते अधिवेशन हुँदै छ। अधिवेशनले नयाँ पदाधिकारी एवं सदस्य निर्वाचित गर्नेछ। महासंघमा खुला मतदानबाट पहिलोपटक नेतृत्व चयन हुनेछ। अर्थात् महासंघका साधारण सदस्य मतदानमा सहभागी हुन पाउनेछन्। यसअघिका निर्वाचनमा प्रतिनिधिमा चुनाव लडनुपर्ने थियो।

५१ पदका लागि १९९ जनाको उमेदवारी परेको छ। अध्यक्षका लागि गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोखरेलले उमेदवारी दिएका छन्। महासंघका अनुसार आठ हजार बढी साधारण सदस्यले सदस्यता नवीकरण गराएका छन्।

प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने भए पनि तीन वर्षमा हुने अधिवेशनकै क्रममा बढी सदस्यता नवीकरण हुने गरेको छ। सोहीअनुरुप यसपटक आठ हजार बढीले नवीकरण गरेका छन्। एकजना सदस्यले सदस्यता नवीकरण गर्दा तीन वर्षको एकमुष्ट २२ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ। सोअनुसार आठ हजार सदस्यबाट मात्रै महासंघले करिब एक करोड ८० लाख रुपैयाँ संकलन गरेको छ।

उमेदवार शुल्कबाट मात्रै १३ लाख आठ हजार रुपैयाँ संकलन भएको छ। अध्यक्षका लागि १० हजार मनोनयन शुल्क तोकिएको छ। अध्यक्षका लागि पाँचजना आकांक्षी छन्।

यस्तै, पदाधिकारीका लागि मनोनयन शुल्क आठ हजार तोकिएको छ। पदाधिकारीका लागि ४७ जनाले उमेदवारी दिएका छन्। खुला, प्रतिष्ठान, समावेशीलगायत सदस्यका लागि मनोनयन शुल्क ६ हजार तोकिएको छ। सदस्य पदका लागि १४७ जनाले उमेदवारी दिएका छन्। सदस्यता नवीकरणसहित मनोनयन शुल्कबाट मात्रै महासंघले करिब १ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्