काठमाडौं। ग्लोबल आइएमई समुन्नत योजना १ को फागुन मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य (एनएभी) मा वृद्धि भएको छ।
माघ मसान्तसम्ममा एनएभी १८ दशमलव २४ रहेकोमा फागुन मसान्त सम्ममा वृद्धि भएर १९ दशमलव २७ पुगेको हो। एनएभी बढेसँगै योजनावृद्धि को नाफामा पनि भएको छ।
माघ मसान्तसम्ममा यस योजनाले ७२ करोड ३० लाख ९२ हजार नाफा कमाएकोमा फागुन मसान्त सम्ममा वृद्धि भएर ८२ करोड ६४ लाख ५ हजार पुगेको हो। उक्त योजनाले फागुन महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएकाले नाफा र एनएभीमा वृद्धि भएको हो।
फागुन मसान्तसम्ममा उक्त योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयरमा गरेको लगानीको लागत मूल्य धितोपत्र दलाल कमिशनसहित १ अर्ब ५२ करोड ८७ लाख ५४ हजार ८७२ रहेकोमा यसको बजार मूल्य १ अर्ब ८३ करोड ९५ लाख ९८ हजार पुगेको हो।



लोकपाटी न्यूज

