९ पत्रिका र २ अनलाइनलाई प्रेस काउन्सिलले दियो चेतावनी, अटेर गरे कारवाही गर्ने

press_council_nepal_
लोकपाटी न्यूज

काठमाडौं। सञ्चारमाध्यमको नियमनकारी संस्था प्रेस काउन्सिल नेपालले नौं पत्रिका र दुई अनलाईनलाई चेतावनी दिएको छ। रक्सीको विज्ञापनको भाषा र प्रस्तुति नसुधारे कारबाही गर्ने चेतावनी दिएको हो।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्ता हाल प्रकाशन भएका विज्ञापनमा मदिरा सेवनलाई उत्प्रेरित गर्ने किसिमको भएकाले तत्काल संशोधन गर्न निर्देशन समेत दिएको छ्।

‘मनाऔं होली रमेर‘ जता भए पनि’, होलीको शुभकामना, ह्याप्पी होली जस्ता भाषा, प्रस्तुति, वाक्य राखी छापा लगायतका सञ्चारमाध्यमबाट सम्प्रेषण भएको रक्सी सम्बन्धी विज्ञापनप्रति आपत्ती जनाएको हो।

पत्रकार आचारसंहिताको खिलाफ गएर विज्ञापन छापेको भन्दै काउन्सिलले क बर्गका पत्रिकाहरू गोरखापत्र, कान्तिपुर, राजधानी, नयाँ पत्रिका, दि हिमालयन, नागरिक, दि काठमाडौं पोस्ट, अन्नपूर्ण पोस्ट, समाचारपत्र, अनलाइनखबर, ईकान्तिपुर लगायतको नाम नै उल्लेख गरी विज्ञप्ति जारी गरेको हो।

Press-Council

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्