सिप्रदी ट्रेडिङ्गले निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिदै, भत्ता र राेजगारीकाे पनि अवसर

लोकपाटी न्यूज

काठमाण्डाै।  सिप्रदी ट्रेडिङ्ग प्रालिले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको छ। तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाण्डाैमा हुने र तालिम अवधिभर तालिम भत्ता पनि दिइने सिप्रदीले जनाएकाे छ। यस्तै तालिममा उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसर प्रदान गर्ने जनाएकाे छ।

१० जना अटोमोबाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा तह एक उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ। १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। दरखास्त चैत १८ गतेसम्म सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा बुझाइसक्नुपर्ने सिप्रदीले जनाएको छ।

काठमाण्डाै उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौंडा, वीरगञ्ज तथा त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने पनि सिप्रदीले जनाएकाे छ। विस्तृत जानकारीको लागि ०१- ४३११५०१ मा सम्पर्क गरेर बुझ्न सकिने कम्पनीले बताएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्