दाङ। दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार बिहान पब्लिक ज्ञान ज्योति माविको बस दुर्घटना हुँदा अस्मिता डागी र किरण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।
अस्मिताको घटनास्थलमा र किरणको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको डीएसपी सिंहले बताए।
तुलसीपुर उपमहानगरपालिका-१५ कोठरीमा प्लस टूका विद्यार्थी ल्याएर बजारतर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो। दूर्घटनामा १५ जना जना घाइते भएका छन्। घटनाका घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



लोकपाटी न्यूज

