युगान्डाकी गायिका फमासीले गाइन् नेपाली गीत ‘फुलबुट्टे सारी’ (भिडियोसहित)

beyounce
लोकपाटी न्यूज

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा धुम मच्चाएको ‘फुलबुट्टे सारी’ गीतले नेपालीहरुलाई मात्र होइन, यतिबेला विदेशीहरुलाई पनि आकर्षित गरेको छ। यो गीतलाई अहिलेसम्म ४ करोड भन्दा बढीले हेरिसकेका छन्।

युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छन्। युटुबमा उनको स्वरलाई २ लाख पटक हेरिएको छ। टिकटकमा ति युवतीको स्वर भाइरल भैरहेको छ।

वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छन्। उनले नेपालीलाई ‘आई लभ यू’ समेत भनेकी छन्। उक्त गीतको भिडियोको छायांकन भने नेपालमा नै गरिएको हो। डिका गुरुङले निर्देशन गरेको भिडियोमा वियोन्सले नै अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्