मेराे सेयरमा समस्या आउदा सिंगटी हाईड्राेकाे आईपी भर्न समस्या

लोकपाटी न्यूज

काठमाडौं। सीडीएससीको मेरो सेयर पोर्टलमा समस्या आएको छ। सोमबार बिहानैदेखि मेरो सेयरमा समस्या आउँदा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर भर्न मिलेको छैन। सर्भर डाउनभएर मेरो सेयर पोर्टल बन्द भएको र प्राविधिकहरुले जाँच गरिरहेको हुनाले केही बेरमै समयस्या समाधान हुने सीडीएससीले जनाएको छ।

सीडीएससीका एक अधिकारीले सर्भर डाउन भएका कारण मेरो सेयर बन्द भएको बताएका छन्। के-कति कारण सर्भर डाउन भयो भन्ने विषयमा प्राविधिकहरुले जाँच गरिरहेको र अब केही समस्या समाधान हुने ती अधिकारीले जानकारी दिए। ‘अबको आधा घन्टाभित्र मेरो सेयर चल्छ’, उनले भने।

मेरो सेयरमा समस्या आउँदा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर भर्न लगानीकर्ताहरु पाइरहेका छैनन्। यो कम्पनीको आईपीओमा भोलि चैत १० गतेसम्म आवेदन दिन पाइन्छ। यसरी सर्भरमा समस्या आउँदा आइपीओ भर्न लागेको लाखौ सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्