संसद बैठक भोलि, यस्तो छ कार्यसूची

sansad-parliyament
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद् सचिवालयले भोलिको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची प्रस्तुत सार्वजनिक गरेको छ। सचिवालयका अनुसार शुक्रबार १ बजे बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरेको छ।

भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। त्यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

शुक्रबार बस्ने संसदको बैठक सातौँ अधिवेशनका चौथो बैठक हो। फागुन ११ मा संसद् पुनर्स्थापनापछि बसेको चौथो बैठक हो। तर, सरकारले संसद्लाई विजनेश नदिँदा अहिले संसद् केही मिनेट बैठक बसेर स्थगित हुने स्थिति सिर्जना भएको छ। सरकारले पहिलो बैठकका लागि केही अध्यादेश ल्याउने प्रयास गरेको भए पनि संसदमा विरोध भएपछि ती अध्यादेश कार्यसूचीमा राख्न सरकार तयार देखिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्