कतारले माग्यो ठूलो सङ्ख्यामा नेपाली कामदार, तलब कति ?

लोकपाटी न्यूज

काठमाडौं। कतारको दोहा शहरमा रहेको चाइना रेलवाइ एटीनस् बुरेउ ग्रुप कम्पनी र बुन्जर इभेन्टस् कम्पनीले ठूलो सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ।

कम्पनीले कार्पेन्टरमा ५० जना पुरुष, मसोनमा ५० जना पुरुष प्लम्बरमा २० जना परुष र ग्राउन्ड स्टेवार्डमा ५ जना महिला गरि जम्मा १२५ जना नेपाली कामदारको माग गरेको हो ।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले तलब खान बस्न सहित ३८ हजार बढि पाउनेछन्। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ।

करार अवधि २ वर्षे रहेको छ। जान चाहने इच्छुक कामदारले मोविरा रिक्युटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा ली बुढानिलकण्ठ ६ हात्तिगौडा चक्रपथ काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनु पर्ने छ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्