काठमाडाैँ। चैत २ गते सोमबारका लागि बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ।
दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो। यस अघि पनि बैठक स्थगित हुँदै आएको छ।
प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन्।
यस अघि प्रदेश सभामा सत्तारुढ नेकपाकै सांसदहरुको सक्रियतामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर यस विषयलाई प्रदेश सभामा छलफल भने गरिएको छैन।



लोकपाटी न्यूज
