राष्ट्रिय महिला आयोगद्वारा भद्रकुमारी घले र मुस्कान खातुन सम्मानित

pic 1
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय महिला आयोगकले आइतबार आफ्नो १९ औं स्थापना दिवस मनाएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका जुलीकुमारी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील भद्रकुमारी घले तथा एसीड आक्रमण पीडित मुस्कान खातुनलाई सम्मान गरेको छ।

सम्मानित भएपछि कार्यक्रममा बोल्दै भद्रकुमारी घलेले प्रकृतिको अनुपम उपहार नारी रहेकोले नारीको सम्मान विना कुनैपनि देशको विकास नहुने बताइन्। यसैगरी मुस्कान खातुनले एसीड आक्रमणको पीडासँगै आफूले अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न कानून निर्माणको लागि पहल गरेको र सरकारले उक्त आग्रहको सुनुवाई गरेकोमा खुसी व्यक्त गरिन्।

pp

महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सचिव शान्ता अधिकारी भट्टराईले महिला आयोगको कार्यप्रगति प्रस्तुत गरेकी थिइन्।

स्थापना दिवसको सन्दर्भमा आयोगले ’बालिकामाथि हुने यौन हिंसा’ विषयक माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ। प्रतियोगितामा पद्मकन्या विद्याश्रम मावि, विश्वामित्र गणेश मावि, सैनिक आवासीय माध्यमिक विद्यालय लगायतका विद्यालयका विद्यार्थी विजयी भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्