बर्दियामा १ लाख बढीको अवैध सामान बरामद

pic 2
लोकपाटी न्यूज

बर्दिया। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले विभिन्न नाकाबाट अवैध सामान बरामद गरेको छ।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेडक्वाटर बर्दिया र मातहत ईकाइबाट खटीएको सीमा गस्ती र पिकेट टोलीले बर्दिया जिल्लाका विभिन्न नाकाहरुबाट भारतबाट चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको सामान बरामद गरेको हो।

उक्त बरामद गरिएका सामानमा भाडा बर्तन, सुर्तिजन्य पदार्थ, मोटर पार्टस, र किराना आईटम रहेका छन्। बरामद गरिएका सामानको मूल्य एक लाख नौं हजार चार सय पचास रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको सामाना छोटी भन्सार कार्यालय गुलरियामा बुझाइएको छ। बर्दिया जिल्लाका सीमा नाकाहरुमा विओपिहरु बिस्तारसँगै सीमा ईलाकामा सशस्त्र प्रहरी बलको सकृयता र उपस्थिति बढदै गएको छ। यसबाट सीमा सुरक्षा व्यवस्थापनको समग्र अवस्थामा सुधार हुँदै गएको छ भने अर्कोतर्फ तस्करीजन्य गतिविधि नियन्त्रण हुँदै गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्