काठमाडौं। भारतमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान ६० जना यात्रु रहेको बस दुर्घटना नहरमा खस्दा ३५ जनाको मृल्यु भएको हो।
सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो। अझै १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।



लोकपाटी न्यूज

