सचिव सरुवामा तीव्र असन्तुष्टि, राजीनामा दिने मैनालीको चेतावनी

mantri parisad
लोकपाटी न्यूज

काठमाडौं। सरकारले झण्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन्। सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

मैनाली तुलनात्मक रूपमा इमानदार सचिवका रूपमा परिचित छन्। इमानदार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचनासमेत भएको छ। मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन्। सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ। राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्