प्रधानमन्त्रीकाे माेडललाई नोबेल पुरस्कारका लागि सिफारिस गरे हुन्छ : डा लोहनी

Dr. Prakashchandra Lohani
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासको नयाँ मोडलको विकास गरेको बताएका छन्। यही योगदानलाई कदर गर्दै प्रधानमन्त्री ओलीलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कारका लागि सिफारिस गर्दा पनि हुने भन्दै व्यङ्ग्य समेत गरेका छन्।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले साधारण खर्चमा व्यापक वृद्धि भएको तर विकास खर्च न्युन हुनु वर्तमान सरकारको वास्तविकता भएको जनाए।

लोहनीले विकास खर्चमा पनि व्यापक भ्रष्टाचार ओली सरकारको नयाँ मोडल भएको दाबी गरे। यही मोडल नेपालको ज्ञान आर्जन दाबी गर्दै नोबेल पुरस्कारका लागि सिफारिस गर्न सकिने उनको भनाई थियो।

लोहनीले भनेका छन्, ‘प्रधानमन्त्रीजी, नेपालमा नयाँ विकासको लहर दाबी गर्नुहुन्छ। तर, साधारण खर्चमा व्यापक वृद्धि हुने, विकास खर्च न्यून हुँदै जाने र खर्च भएको रकममा पनि व्यापक भ्रष्टाचार हुने वर्तमान यथार्थतालाई हेर्दा यो विकासको नयाँ मोडललाई नेपालको ज्ञान आर्जनमा नयाँ योगदान भनेर अर्थशास्त्रमा नोबेल पुरस्कारको लागि सिफारिस गरे पनि हुने भयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्