नेपाल क्रेडिट एण्ड कमर्सको लाभांश पारित

लोकपाटी न्यूज

काठमाडौँ। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १० दशमलव ८० प्रतिशत लाभांश पारित भएको छ। बैंकको २३औँ वार्षिक साधारणसभाले १० दशमलव २६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सो बोनर शेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० रुपैयाँ पुग्नेछ।

त्यस्तै, सो साधारणसभाले संस्थापक समूह ‘क बाट तीन जना र सर्वसाधारण समूह ख’ बाट एक जना महिलासहित तीन जना गरी जम्मा छ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ। साधारण सभापश्चात् बसेको सञ्चालकहरूको बैठकबाट उपेन्द्रकेशरी न्यौपाने सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।

हाल बैंकले सातवटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले आर्थिक वर्ष २०७६र७७ मा ७९ अर्ब ६१ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरी खुदनाफा १ अर्ब १० करोड ८४ लाख रुपैयाँ आर्जन गरेकोछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्