चीन र भारतीय सैनिकबीच झडप

china
लोकपाटी न्यूज

काठमाडौं। सिक्किममा चीन-भारत सीमावर्ती क्षेत्रमा चीन र भारतीय सैनिकबीच झडप भएको छ। भारतीय पक्षले चीनका सैनिकले घुसपैठ गरेका कारण झडप भएको बताएको छ।

चीनले भने अहिलेसम्म केहि कारण दिएको छैन। झडपमा २० चिनियाँ सैनिक र ४ जना भारतीय सैनिक घाइते भएको बताइएको छ। यो घटना तीन दिन पहिले भएको बताइएको छ।