संसद विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ

लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ। आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो। यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गरेका छन्।

बहसमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए। पदका लागि व्यवस्था मास्न नमिल्ने भन्दै अधिवक्ताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएकी थिइन्।

त्यसअघि आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्