सबैभन्दा पहिले कागज आविष्कार भयो, त्यसपछि कागजी पैसाको। यो विश्वासिलो तर्क हो। चीनमा पहिलो कागजी नोट, वा पहिलो कागजको पैसा देखा पर्यो । पहिलो पटक कागजको साथै प्रिन्टको आविष्कार गरेको चीनले पहिलो कागजको पैसा उत्पादन गर्ने लगभग निश्चित थियो।
शताब्दीयौं अघि यल्लो नदि उपत्यकामा किँम्बु खेति गरिन्थ्यो। ( शाङ्ग राजबंशको अबधी १८ देखी १२ औं शताब्दी ईसापूर्व) पहिलो पटक कागज ईसापूर्वको पहिलो सताब्दीको दोस्रो भागमा देखा पर्दछ तर त्यतिबेला यसलाई लेखन माध्यमको रुपमा प्रयोग गरिएन। परम्परागत लेखनका लागी त्यतिबेला लिनेन, भाँग, बाँस, उखु र किम्बुको बोक्राहरुको प्रयोग गर्दथे। दोस्रो र चौथो शताब्दीमा कागज उत्पादनमा महत्वपूण प्रगती भएको थियो। त्यतिबेला उनिहरुले भिजेको किँम्बुको गुदी प्रयोग गर्न थाले जसबाट काजगको गुणस्तरमा सुधार आउनुको साथै यो पहिलेको भन्दा हलुको भयो। यो सुधारले परम्परागत रुपमा बाँसमा लेख्नुपर्ने बाध्यतालाई हटाईदियो। अदालतका लेखहरु र प्रतिबेदनहरु कागजका लेखिन थाल्यो तर पहिलेको जस्तै ठाडो दिशामा। यो ठाडोँ दिशामा लेख्ने शताब्दियौं पुरानो लेखनको तरीकाले बाँसको पट्टिमा लेखेको परिणाम थियो।
कागजबाट कागजको पैसासम्म
हान राजवंश (६१८-९०७ ) को अवधिमा धातुको मुद्राको बढ्दो प्रयाेग रहेको थियो, तर हामीले त्यिनीहरु धन्यवाद दिनुपर्छ जो कागजको मुद्रासम्बन्धी धारणासँग चिनियाँहरूलाई कागज वा कागजका मस्यौदा स्वीकार्न तयार भएका थिए। यो अभ्यास व्यापारीहरूद्वारा उनीहरूको लामो दूरीमा व्यापारको लागि प्रयोग गरिएको क्रेडिट नोटबाट लिइएको थियाे।
सिक्काको अभावका कारण, मरेकाहरूले पनि अर्को संसारमा उनीहरूको पैसा तिर्नको लागि उनीहरूसँग सिक्का लिने बानी बदल्नु परेको थियो। छैटाैँ शताब्दीमा नोटहरूले सिक्का पैसाको बिस्थापित गरे। के हामी यसलाई भुक्तानीको वास्तविक माध्यमको रूपमा विचार गर्न सक्छौं? होईन, तर यो उल्लेखनीय छ कि यहाँ कागजले सजिलैसँग प्रयोग गरिएकोले तामाको सिक्काहरु प्रतिस्थापन भएका थिए।
हान राजवंश अवधिको अन्त्यतिर, व्यापारीहरूले उनीहरूको धातुको मुद्राहरु जम्मा गरेर त्यसको सट्टामा, तिनीहरूले वाहक नोटहरू जसलाई हेक्वान भनिन्थ्यो प्राप्त गरे। ती हेक्वान एक वास्तविक सफलता थियो र यो विचार सरकारी अधिकारीहरु द्वारा लागू गरिएको थियो। व्यापारीहरूलाई उनीहरूको धातुको पैसा अबदेखि सरकारी ट्रेजरीमा जम्मा गर्नको लागि आमन्त्रित गरियो आधिकारिक ‘क्षतिपूर्ति नोट’ को बदलामा, फाइथिसियन वा उडान पैसा दिइयो।
सङ्ग राजवंशको बेला (९६०-१२७६) तचेचेवानको क्षेत्रको व्यापारमा तिब्र बृद्धी भयो भने तामाको पैसाको अभाव भयो। केही व्यापारीहरूले मौद्रिक रिजर्भ कभर गरेको निजी ड्राफ्ट जारी गरे जसमा सुरुमा सिक्का र नुन समावेश थिए, पछि सुन र चाँदीको। ती नोटहरू कानुनी टेंडरको रूपमा सर्कुलेट पहिलो मानिन्छ। १०२४ मा यसरी सर्कुलेट गर्ने अधिकार मंगोल सरकारको अधीनमा रहेका अधिकारीहरूले आफूलाई जारी गर्ने एकाधिकार लिए। युआन वंश (१२७९-१३६७) को समयमा कागजी पैसा मात्र कानुनी मान्यता प्राप्त गरे। मिङ राजवंश(१३६८-१६४४) को समयमा नोट जारी गर्ने काम अर्थ मन्त्रालयलाई दिइयाे।
१३८० देखि १५६० सम्म जारी गरिएको कागजी मुद्रामा त्यतिबेलाका अर्थमन्त्रीहरुको नाम पढ्न सकिन्छ। त्यतिबेला १००,२००,३००,४००,५०० वान र १ कुआन वा १००० वानको मुद्रा छापिएको थियो। एउटा कुआँनको १००० तामाको सिक्का बराबर वा १ ताएल बराबरको चाँदीकोमान थियो भने ४ कुआन बराबर १ लिङ सुन हुथ्यो।
दुर्भाग्यवस, ती नोटहरू निरन्तर जारी गरियो जुन पुरानो नोटहरूको संचयनबाट दुर्भाग्यवस, रिड्रईङबिना नै गरिएको थियो। यसको अभ्यासले मुद्रास्फीति बढायो।
युरोपमा चिनियाँ पैसाको खोजी
भेनेशियन यात्री मार्को पोलोको यात्रा विवरणबाट युरोपियनहरु कागजको पैसा उत्पादनको रोमाञ्चकारी दुनियासँग परिचित भए। उनको विवरणमा यो पैसा मंगोलहरुका प्रमुख कुब्लाई खानले युआन कालमा (१२१४-१२९४) प्रचलनमा ल्याएको थिए। मार्काे पाेलाेले यसरी बर्णन गरेका छन्। … “यो खानबलिक शहरमा छ र यो कुब्लाई खाँको टकसाल हो। वास्तवमा, कागजको पैसा त्यहाँ किँम्बुको रूखको साप्पवुडबाट बनाईन्छ, जसका पातहरूलाई उनिहरु रेसम कीरालाई खुवाउँछन्। बोक्रा र काण्डको बिचबाट सेपवुड निकालिन्छ, त्यसपछि भुइँमा राखि त्यसलाई गमसँग मिसाइन्छ र कटनको पातामा संकुचित गरिन्छ, तर पूरै कालो। …. पैसाको निस्कासन विधी औपचारिक छ, प्रत्येक पानामा जुन एउटा नोट हो, विशेष नियुक्त अधिकारीहरूले आफ्नो नाम लेख्छन् र आफ्नो छाप जोड्छन्। जब यो काम नियम बमोजिम गरीएको हुन्छ, तब प्रमुखले आफ्नो छाप लगाउँदछ र शिटको माथिको आफ्नो सिचाको अंक लगाउँछ। यसरी त्यो नोट प्रामाणिक बनाउँछ। यो कागज मुद्रा खाँ अधिराज्य को हरेक भाग मा प्रसारित छ। यास्तो मुद्राको भुक्तानी मा स्वीकार गर्न इन्कार कुनै व्यक्ति हिम्मत गर्दैनन्। ”
मार्को पोलो यस्तो सोचमा छक्क परे कि चिनियाँ सम्राटहरूले कागजलाई पैसामा सजिलो बनाएका थिए। घर फर्किएपछि मार्को पोलोले चिनियाँ साम्राज्यमा भएका आफ्ना अनुभव र साहसिक कार्यहरूको बारेमा पर्याप्त व्याख्या गरे तर कागजको पैसाको बारेमा कुरा गर्दा उनलाई कसैले पत्याएनन्। । त्यसकाे केहि शताब्दीपछिमात्रै युरोपमा कागजको पैसाको थालनी भयो।



लोकपाटी न्यूज
