प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा दुगड नियुक्त

लोकपाटी न्यूज

काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतिलाल दुगडलाई नियुक्त गर्ने निर्णय गरेको छ। उद्योग राज्यमन्त्री रहेका दुगड नेकपा विभाजनपछि मन्त्रिपरिषद पुनर्गठनका क्रममा पदमुक्त भएका थिए।

नेपाल सरकारको मन्त्री सरहको मर्यादा कायम हुने गरि प्रधानमन्त्री ओलीले दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको स्थानमा दुगडलाई विशेष आर्थिक सल्लाहकार बनाइएको छ।

खतिवडा अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएका छन्। उनी अमेरिका जाने भएसँगै दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो। अवैतनिक सल्लाहकारमा नियुक्त भएका दुगड नेकपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिए।

उनी चीर परिचित उद्योगपति हुन्। विराटनगरका दुगड व्यवसायी पनि हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्