काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका हुन्।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ। पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेका छ।पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५९ पुगेको छ।



लोकपाटी न्यूज

