भारतीय खोपलाई नेपाल सरकारले दियो अनुमति

_Khop
लोकपाटी न्यूज

काठमाडौं। नेपाल सरकारले कोभिड–१९ विरुद्धको एउटा खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार गरेको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले प्रयोगका लागि अनुमति दिएको हो।

सिरमले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका नामक कम्पनीसँग मिलेर विकास गरेको खोप हो कोभिसिल्ड। विभागले दुई दिन अघिमात्र आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ताको आह्वान गरेको थियो। भारतमा पनि कोभिसिल्डले अनुमति पाइसकेको छ। कोभिसिल्ड ७०.४३ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्