दोलखा। दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। सो भूकम्प ०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प रहेको केन्द्रले जानकारी दिएको छ ।



लोकपाटी न्यूज

