काठमाडौं। राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले प्रधानमन्त्रीलाई अब महाराज भन्नुपर्ने दिन आइसकेको बताएकी छिन्। आफ्नो सत्ता यात्रा टुंगिँदै गर्दा संसदको घाँटी निमोठ्ने प्रधानमन्त्रीले कसरी चुनाव गराउँछन् भन्दै देवकोटाले प्रश्न गरिन्।
प्रधानमन्त्री ओलीले चुनावमा जान किन सातो गएको ? भन्दै प्रश्न गरेपछि उनले प्रतिप्रश्न थियो, ‘आफ्नो सत्तायात्रा टुंगिँदै गर्दा संसद्को घाँटी रेट्न पछाडि नपर्ने प्रधानमन्त्रीले कसरी निर्वाचन गर्छ ? भनेर म प्रश्न गर्न चाहन्छु।’ यसैगरी धनगढीको आमसभामा ‘निर्मलाको बलात्कारी खोइ’ भन्ने टिसर्ट लगाउनेलाई किन समाइयो भन्ने उनले प्रश्न गरेकी छिन्।
‘निर्मलाको हत्यारा खोइ लेखिएको टिसर्ट लगाएका एकजनालाई धनगढीमा समातियो,’ प्रधानमन्त्री ओलीलाई देवकोटाले प्रश्न गरिन्, ‘के अब संविधानको मौलिक हकसम्बन्धी धारा १७ पनि विघटन भएको हो?’
संविधानको धारा १०१ मा महा र ११९ मा महाराज लेखिएको भन्दै देवकोटाले महाराज लेखियोस् भनेर राष्ट्रपतिसमक्ष सिफारिस पठाउन प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेकी छिन्। ‘महाराज लेखियोस् भनेर राष्ट्रपतिसमक्ष सिफारिस पठाउनुहोला। र, राष्ट्रपतिले विज्ञप्ति जारी गर्नुहोला,’ उनले प्रश्न गरिन्, ‘के हामीले महाराज भनेर मान्ने?’



लोकपाटी न्यूज

