काठमाडौं। सरकारले माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघे संक्रान्तिको दिन बिदा दिने निर्णय गरेको हो।
आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी गराए। यस्तै आजको मन्त्रिपरिषद्मा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव पेस गरेको छ।



लोकपाटी न्यूज