छायाँ नेपाल/ ललितपुर, २० पुस। ललितपुरको लामाटार क्षेत्रका स्थानीयबासीहरुले टोल सुधार समिति गठन गरेर विकास निर्माण र जनचेतनामुलक कार्यक्रममा जुट्ने प्रतिवद्धता जनाएका छन्।
महालक्ष्मी नगरपालिकाको ९ नम्वर वडाको धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिले गरेको कार्यक्रममा वक्ताहरुले व्यवस्थित शहर र टोल बनाउनको लागि प्रदुषण फैलाउने र वातावरणमा हानि गर्ने उद्योग, कल कारखानालाई बस्ति नजिक राख्न नदिने प्रतिवद्धता जनाएका हुन्।
सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले लामाटार क्षेत्रको वातावरण संरक्षण र सरसफाईको लागि टोल सुधार समितिको कृयासिलता आवस्यक रहेको बताए। उनले स्थानीय धार्मिक तथा संस्कृतिक महत्व बोकेका स्थलहरुको संरक्षण र प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता जनाए।
वडा कार्यालयले आफ्नो टोलको विकासमा ध्यान पुराउन नसकेकोले आफूहरु जागरुक भएको समितिका अध्यक्ष निरञ्जन पौडेलले बताए। स्थानीय समाजसेवी देवेन्द्र पौडेलले समितिको भवन निर्माण गर्नको लागि स्थानीय सुभद्रा पौडेलले जग्गा सहयोग गरेकाले तत्काल भवन निर्माणमा जुट्ने बताए।
नेकपाका नेता मोहन तन्डुकारले वडामा भएका सबै टोल सुधार समितिहरुबीच सहकार्यको आवस्यकता रहेको बताए। बिद्यापुञ्ज स्कुलका संस्थापक अध्यक्ष शिब न्यौपानेले कोभिड-९ को विरुद्ध जनचेतना जगाउने काम गरेको बताए। आगामी दिनमा आउनसक्ने विपतविरुद्ध तयारी अवस्थामा बस्ने पनि समितिले कार्ययोजना सार्वजनिक गरेको थियो।



लोकपाटी न्यूज
