त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

Bullet-9MM-pestol
प्रतिकात्मक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। झापाको मेचीनगर-२, का २० वर्षीय बद्रीहाङ राई ९ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ गरेका हुन्।

उनी श्री एअरलाइन्सको १२ स् ३५ को उडानमार्फत् भद्रपुर जान लागेको बेला सुरक्षा जाँचको क्रममा गोलीसहित पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका एसपी दानबहादुर मल्लले बताए।

सुरक्षा जाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु देखिएपछि थप अनुसन्धान र खानतलासी गर्दा राईको साथबाट ५० राउण्ड गोली बरामद भएको हो।

एसपी मल्लका अनुसार राईका बाबु नेपाल प्रहरीका अवकाशप्राप्त नायब निरीक्षक हुन्। उनी सशस्त्र द्वन्द्वकालमा ग्रामीण इलाकामा बसेको खुलेको छ।

एसपी मल्लका अनुसार उनैले काठमाडौंमा छोडेको पुरानो ज्याकेट झापा मगाउँदा त्यसको खल्तीमा गोली फेला परेको हो। गोली द्वन्द्वकालमै ज्याकेटमा राखेको हुनसक्ने बताइएको छ।

पक्राउ परेका राईलाई कानूनी प्रक्रियाका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयका डीएसपी दिनेश घिमिरेले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्