काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
कम्पनीको पुस १९ गते बसेको १०७औं सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख ४५ हजार २५० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।




लोकपाटी न्यूज

