अछाम। साँफेबगर नगरपालिका ५ नवाठाना अवस्थित स्वास्थ्य चौकी हाताभित्र बिरामी तथा आगन्तुक प्रतीक्षालय निर्माण गरिएको छ। सोही स्वास्थ्य चौकीका इन्चार्ज नैन सिंह ठकुल्ला ‘नारद’ले स्वर्गीय बुवा शेर सिंह ठकुल्लाको सम्झनामा स्वास्थ्य चौकीमा प्रतीक्षालय निर्माण गरेका हुन्।
स्व बुवाको सम्झनामा निर्माण गरिएको प्रतीक्षालयको लागत १ लाख रहेको नारदले जानकारी दिए। आज एक कार्यक्रमको आयोजना गरी उक्त प्रतीक्षालयको उद्घाटन गरिएको छ। प्रतीक्षालयको उद्घाटन पुर्वगाबिस तथा नेपाली काँग्रेस ज्येष्ठ नागरिक केन्द्रीय सदस्य अध्यक्ष मोती सिंह तिरुवाले गरेका हुन्।
आफूले स्वर्गीय बुवाको सम्झनामा स्वास्थ्य चौकीको प्रांगडमा प्रतीक्षालय निर्माण गरेको उनले बताए। स्वास्थ्य चौकी आउने बिरामीलाई बस्नको लागि सहजता होस भन्ने उदेश्यले प्रतीक्षालय निर्माण गरेको स्वास्थ्य चौकी इन्चार्ज नारदले बताए। स्वास्थ्य चौकी इन्चार्ज नारद सोही साँफेबगर नगरपालिका वडा-५ नवाठाना छान्ना निवासी हुन्।



लोकपाटी न्यूज

