काठमाडौं। नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ५ हजार आठ सय पिसिआर परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या५ हजार ४ सय ८७ छ। ६ सय ३७ संक्रमणमुक्त भएसँगै हालसम्म २ लाख ५४ हजार चार सय ९४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८ सय ७८ जना पुगेको छ। बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ।



लोकपाटी न्यूज

