काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. ३ करोड ३९ हजार नाफा कमाएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू.४ करोड ७५ लाख नाफा कमाएको थियो । गत आवको तुलनानमा चालू आवमा नाफा ३६ प्रतिशत कमि आएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ ।
कम्पनीको जगेडा कोष रू. १५ करोड ४५ लाख १९ हजार ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा पनि जगेडा कोष रू. ९ करोड ६६ लाख २५ हजार ऋणात्मक थियो । हाल कम्पनीको दोस्रो बजारमा शेयर मूल्य रू. १२२ मा कारोबार भइरहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ७३ र प्रतिशेयर नेटवर्थ ८५ दशमलव ९५ रहेको छ ।



लोकपाटी न्यूज