एनआइसी एसियाको स्वामित्वका ४ कम्पनीको संस्थापक सेयर बिक्री खुला

लोकपाटी न्यूज

काठमाडौं स् एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर आज आइतबार (पुस १९ गते) बाट लिलामीमा बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ९० हजार ३७४, एसियन लाइफ इन्सुेन्सको १ लाख ३० हजार २९० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख ३ हजार ९७६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

यसमा पुस २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १७ सय १५, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३३७, एसियनको सेयरमा न्यूनतम ४६९ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५५० भाउ राखेर आवेदन दिन सक्नेछन् ।

चार वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।