काठमाडौं। सेयर बजारले फेरि लय समातेको छ। खुलेको केही मिनेटमै सेयर बजार सूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
बजारलाई वाणिज्य बैंक, अन्य, बीमा, ब्यापार र उत्पादन तथा प्रशोधन समूहले उचालेको छ। बजार सूचक उक्लिएपछि कारोबार रकममा पनि सुधार देखिएको छ।
बजार खुल्ने बित्तिकै तीन कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ। हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ र बोटलर्स नेपाल तराइको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ।
समाचार तयार पार्दासम्म बजार सूचक ४० अंकमाथि गइसकेकोछ । सूचक २१ सय ३० अंक हाराहारी पुगिसकेको छ। बजारमा प्राइम कमर्सियल बैंकमा लगानीकर्ता एकदमै सक्रिय देखिएका छन्।



लोकपाटी न्यूज