सुर्खेत। डोल्पामा आजदेखि पाँच दिनका लागि लकडाउन गरिएको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुस २३ गतेसम्म लकडाउन गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्र भित्र लकडाउन गरिएको छ।
लकडाउन अवधिभर जिल्लामा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट नगर्न आग्रह गरिएको छ।
सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका सम्पूर्ण पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्न पाइने, होटल, रेष्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन्।



लोकपाटी न्यूज

