काठमाडौं। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई हृदयाघात भएको छ। भारतीय क्रिकेट टीमका पूर्व कप्तान गांगुलीको स्वास्थ्य अहिले स्थिर रहेको जनाइएको छ।
भारतीय क्रिकेट बोर्डका सचिव जय शाहले ४८ वर्षे गांगुलीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए। उनलाई शनिबार कोलाताकाको उडल्यान्ड अस्पतालमा भर्ना गरिएको हो।
शनिबार व्यायमपश्चात् असहज महशुस भएपछि तुरुन्त अस्पताल लगिएको थियो। अहेमदाबादमा भारतीय क्रिकेट बोर्डको साधारणसभा सकेर गांगुली कोलकाता फर्किएका थिए।



लोकपाटी न्यूज

