काठमाडौं। कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ। धादिङ घर भएकी सविना सुवेदी थापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका हुन्।
पीडितका आफन्तले डाक्टरको लापरवाहीले बच्चाको निधन भएको बताएका छन्। अस्पताल तोडफोड गर्ने १७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए।
अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता भइरहेको उनले बताए। पक्राउ गरिएकाहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ।



लोकपाटी न्यूज

