कोरोनाभन्दा प्राणघातक भाइरस विश्वमा फैलिदैछ, यो महामारी अति नै गम्भीर छ: डब्ल्यूएचओ

who_chief
लोकपाटी न्यूज

एजेन्सी। विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)  ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने बताएको छ। डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए। मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन्। ‘यो महामारी अति नै गम्भीर छ। यसले विश्वका प्रत्येक कुनामा असर गरेको छ। यद्यपी, यो यसभन्दा ठूलो हुन आवश्यक छैन,’ मिडिया ब्रिफिङमा उनले भने।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन्। यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन्। स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो। यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो। युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो। यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो। यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ।

महामारीको मध्यमा गत वर्ष जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर अमेरिकामा चर्किएको प्रदर्शनले जसरी विश्वव्यापी अस्थिरता निम्त्याएको थियो, त्योभन्दा ठूलो अस्थिरता खाद्यान्न संकटले निम्त्याउनसक्ने अनुमान गरिएको छ। र, यस्तो बृहत्तर अस्थिरताले विश्वभरका सरकारहरुको स्थायित्वलाई खतरामा पार्ने अनुमान गरिएको छ।