बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दैछः ज्ञवाली

Pradeep_Gawali
लोकपाटी न्यूज

पाल्पा। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको नेकपाको एक खेमाले बाह्य शक्ति निम्त्याएको आरोप लगाएका छन्।

उनले बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दै गएको समेत बताए। शनिबार तानसेनमा पत्रकारसँगको भेटघाटमा उनले घरभित्र समस्या आउन सक्छ तर छलफल गर्न सकिने बताए। तर यस्तो कुरामा बाह्य शक्ति निम्त्याउनु दु:खद भएको उनको भनाई छ।

‘घरभित्र समस्या आउन सक्छ,’ उनले भने, ‘त्यस्तो कुरा बाहिर आइसकेपछि केही नेताहरुको कहिल्यै तृप्त नहुने महात्वाकांक्षा रहेको छ। यसमा जनता बलि चढ्दैनन् भन्ने विश्वास छ।’

नेकपा-ओली समूहका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाका लागि पाल्पा आएका हुन्।