राष्ट्रिय सभाको अधिवेशन सुरु

rastiyesava
लोकपाटी न्यूज

काठमाडौं। आजदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ।  प्रधानमन्त्री केपी ओली शर्माको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक शुक्रबार बसेको हो।

बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाए। बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरुले सम्बोधन गरिरहेका छन्।

शुक्रबारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १२ गते राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी थिइन्। पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्