राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना पोजिटिभ देखियो

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संसद सचिवालय स्रोतका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सचिवालय जनाएको छ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ। कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्