भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री ज्ञवाली

Pradeep_gyawali
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी थालिएको छ। यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो। तर सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण सो भ्रमण होल्डमा थियो।

त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो। तर प्रधानमन्त्री केपी ओलीले अकस्मात् संसद भंग गरेपपछि सो मितिमा भ्रमण हुन सकेन्। अब जनवरीका दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले पुनः तयारी थालिएको हो।

तर आगामी हप्ताबाट सर्वोच्चमा संसद विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिती भने घोषणा नगरिने स्रोतले जानकारी दियो। ज्ञवाली संयुक्त आयोगको वैठकमा भाग लिनका लागि दिल्ली जान लागेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्