प्रचण्ड र वामदेवबिच भेट : के कुरा भयो ?

prachanda_n_bamdev
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ। समान्नतर बैठकसँगै विभाजनको बाटो कोरेका केपी ओली र प्रचण्ड-माधव समूह कतै पनि नरहेको बताएका गौतम बिहान साढे ९ बजेति प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

स्रोतका अनुसार गौतम र प्रचण्डबीच करिव ४५ मिनेट कुराकानी भएको थियो। भेटवार्ता पुस ५ मा प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाइएको छ।

१५ सय जना सदस्यहरूको तटस्थ समूह बनाएर अझै पनि पार्टी एकताको लागि दबाब दिन लागेको बताउँदै आएका गौतम प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्