बादलनिकट नेताहरुले भने : हामी रोज्ने कि ओली ?

Ram Bahadur thapa Badal
लोकपाटी न्यूज

काठमाडौं, ६ पुष,गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई आफू निकटका नेताहरूले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि कू गरेकाले अहिलेको अवस्थामा साथ दिन नसकिने स्पष्ट पारेका छन् ।

पम्फा भुसाल, देव गुरूङसहितका नेताहरुको भेला बादलले मन्त्री निवास पुल्चोकमा बोलाएका थिए । भेलामा आफूहरुले ओलीको कदममा साथ नदिन सुझाव दिएको नेता गुरूङले जानकारी दिए ।

“ओलीको प्रतिगामी कदममा साथ दिन सकिँदैन । यो प्रतिगामी कदम हो । संवैधानिक कू पनि हो,” गुरूङले भने, “संविधानको धारा ७६(७) अनुसार संसद् विघटन गर्न सकिँदैन । एकपल्ट पनि छलफल नगरी गर्नू भनेको प्रतिगामी कदम हो । ओलीको कदमको साक्षी नबसौँ । यो कल्पना पनि गर्न सक्दैनौँ । यो बीचमा बस्ने मध्यमार्गी कुरा हुँदैन । कि सत्य हुन्छ कि गलत हुन्छ बीचमा नबसौँ । ओलीको यो कदममा साथ नदिऔँ ।”

बादलले यसअघि प्रचण्ड–नेपाल समूहका सातजना मन्त्रीहरुले राजीनामा गर्दा पनि नगरी बसेका थिए । उनी ओलीले बालुवाटारमा बोलाएको बैठकमा समेत सहभागी भएनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्