कृषि नीति र किसानका कार्यक्रमहरुको कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

pic
लोकपाटी न्यूज

काठमाडौं। खाद्य सम्प्रभुता, भूमि सुधार, कृषि नीति र किसानका कार्यक्रमहरुको कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आइतबार राजधानीमा सम्पन्न भएको छ। राष्ट्रिय किसान सञ्जाल नेपालले खाद्य सम्प्रभुता, भूमि सुधार, कृषि नीति र किसानका कार्यक्रमहरुको कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया गरेको हो।

पूर्वकृषि मन्त्री तथा अखिल नेपाल किसान महासंघका संयोजक हरि पराजुलीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघका महासचिव शम्भु दुलालले स्वागत मन्तव्य राखेका थिए।

राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का कार्यबहाक महाप्रबन्धक मिना पोखरेल,नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह-सचिव तथा कृषि सूचना तथा प्रशिक्षक केन्द्रका प्रमुख श्रीराम घिमिरे,नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का सञ्चार सल्लाहकार संगम महत, नेपा कृषि सञ्चार प्रतिष्ठानका कार्यबहाक अध्यक्ष निमेश अधिकारी लगायतको सहभागिता रहेको थियो।

उक्त कार्यक्रम राष्ट्रिय किसान सञ्जालका सदस्य शिवहरि खनालले सञ्चालन गरेका थिए। राष्ट्रिय किसान सञ्जाल, राष्ट्रिय कार्यान्वयन समितिले एसिया प्रशान्त किसान कार्यक्रम (APFP) अन्तर्गत नेपालमा किसान संघ/संगठनहरुलाई प्राविधिक रुपमा सबलीकरण गर्दै नीतिगत पैरवी गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्