सुरक्षा निकायका प्रमूखहरुसंग छलफल गर्दै प्रधानमन्त्री

लोकपाटी न्यूज

काठमाडौं, ५ पुष। बेलुकी ५ बजे प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमूखहरुसंग छलफल गर्ने भएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुहरूलाई छलफलका लागि ५ बजे बालुवाटर बोलाइएको छ। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नेभएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुरक्षा निकायका प्रमुखसँग छलफलका लागि उनीहरूलाई बालुवाटार बोलाइएको हो। प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसका कारण सुरक्षामा आउन सक्ने चुनौतीका विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने सुरक्षा प्रमुखसँगको छलफल नियमित भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्